दफा ४४४
बन्धकीमा दिएको सम्पत्ति जुनसुकै बखत फिर्ता लिन सक्ने

(१) भोग बन्धकीमा दिएको सम्पत्ति भए साहूबाट लिएको ऋण र दृष्टिबन्धक दिएको सम्पत्ति भए त्यसमा कुनै ब्याज लाग्ने भए सो समेत साहूलाई बुझाई असामीले जुनसुकै बखत आफ्नो सम्पत्ति फिर्ता लिन सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बन्धकीमा लिएको सम्पत्ति खेती योग्य जमिन रहेछ र बन्धकीमा लिएको जमिन फिर्ता गर्दाका बखत त्यस्तो जमिनमा साहूले बाली लगाइसकेको रहेछ भने साहू र असामीले अन्यथा मञ्जुरी गरेकोमा बाहेक त्यस्तो बाली साहूले नै भोगचलन गर्न पाउनेछ ।